जसपा विवादबारे रेशम चौधरी भने तटस्थ

फिल्को मिसन

२०७८श्रावण,११ सोमबार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका चौधरी आफू दुवै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन्। सनाखतका लागि आयोग पुगे पनि चौधरीले कुनै पनि पक्षमा हस्ताक्षर गरेनन्। पार्टी एकताका लागि आफू तटस्थ बसेको उनले बताए।
आपसी वैमनश्य समाधानका लागि आफू आयोगमा आएको पनि चौधरीले बताए। ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन। मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले पत्रकारहरुसँग खुलेरै बताए ।
निर्वाचन आयोगले आज जसपाको आधिकारिकता सम्बन्धी विवादको टुंगो लगाउँदैछ। आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको थियो । इजलासले साउन ७ गते कानुनी बहस सकेर पार्टी एकीकरणका बेला संलग्न कागजातसहित ५१ जना कार्यकारिणी समितिका सदस्यहरुलाई आज उपस्थित हुन आदेश गरेको थियो।
सोमबार दिउँसो निर्वाचन आयोग उनलाई पु¥याइएको हो । यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो । आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस