संहदरबारमा सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल

फिल्को मिसन

२०७८श्रावण,११ सोमबार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच सोमबार छलफल भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेर छलफल भएको हो ।
भेटमा विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ। सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपतग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराए। सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सभामुख सापकोटाको सचिवालयका अनुसार उनीहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारेमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस