सामान्य विवादमा खुकुरी प्रहारबाट एक घाइते

फिल्को मिसन

२०७८ श्रावण,१२ गते मंगलबार
हुम्ला । हुम्लामा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाईते भएका छन । सर्केगाड गाउँपालिका–१ जैरमा बबरजङ्ग धामि र वुद्धि बम आपासी विवादमा हुँदा खुकुरी प्रहारबाट बम सिकस्त घाइते भएको सर्केगाड–१ क वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए ।
घाइते बुमीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउन सर्केगाड पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्ब शर्मालेजानकारी दिए ।प्रहरी प्रमुख शर्माका अनुसार खुकुरी प्रहार गर्ने पक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाद हुनुका कारणका बारेमा अनुसन्धान भैरहेको र खुकुरी प्रहार गर्ने समूहको खोजी गर्ने काम भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस