मुगुको बाममा जिप दुर्घटना हुँदा सहचालक मृत्यु :, चालक घाइते

फिल्को मिसन

२०७८ श्रावण,१२ गते मंगलबार
मुगु ।साउन १२ हुम्ला । मुगुको बाम भन्ने ठाउँमा जिप दुर्घटना हुँदा सहलककोे मृत्यु र चालक एक जना घाइते भएका छन् ।
मुगुको बामबाट हुम्ला आउँदै गरेको लु १ ज ४१०२ नम्बरको जिप दुर्घटना भई जिल्ला चंखेली गाउँपालिका– ३ मेखाला गाउँनिबासी सहचालक बर्ष २४ का हर्क बहादुर ऐडि को मृत्यु र चालक दल बहादुर रोकाया सख्त घाइते भएका छन ।
हुम्ला जिल्ला चंखेली घर भएका पर्बसिंह ऐडीको जिपका सहचालक सोही गाउँका हर्क बहादुर ऐडीको मुगु जिल्ला अस्पतालमा उपचारका क्रममा भर्खरै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहयक निरिक्षक रतन बहादुर शाहीले जानकारी दिएका छन ।
मुगु जिल्लाको रुगाबाट हुम्ला जिल्लाको चंखेलीमा आउँने क्रममा अघिल्लो पट्टीको टाएर फुत्कीदा जिप सडकैमै पल्टेको थियो जिप पल्टीदा सहचालक र चालक दुबै च्याएपीका हुँन् । तर चालक दल बिर रोकाया जिल्ला अस्पताल मुगुमा उपचार गराई रहेको बताउनु भएको उनको अबस्था पनि गम्ीर रहेको रुगाबाट करिब ३ बजे तिर हिडेको उक्त जिप मंगलबार साँझ मुगु जिल्ला छायानाथ रारा नगरपालिकाको बाम स्थीत नाफा भन्ने ठाउँमा ४ बजे तिर दुर्घटनामा परेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस