जसपाको आधिकारिक पक्षमा रहेको चौधरी भनाई

फिल्को मिसन

२०७८ श्रावण,१३गते बुधबार
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता विवाद समाधान भएसँगै कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको बताएका छन । दुई दिनअघि निर्वाचन आयोगमा सनाखत प्रक्रियामा तटस्थ बसेका चौधरीले टेलिफोनमार्फत आफू आधिकारिक पक्षमा रहेको खुलासा गरेका छन । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत चौधरी आफूहरुको पक्षमा रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस