नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ लिए

२०७८ श्रावण,१३गते बुधबा
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश प्रमुखको शपथ आज साँझ ६ बजे सपथ लिएका छन ।
गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरू क्रमशः पृथ्वीमान गुरूङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई एक समारोहका बीच पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।
उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपाल सरकारका मन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर सत्ता गठबन्धन दलको सिफारिस अनुसार गुरुङ र शेरचनलाई नियुक्त गरिएको हो ।