दुर्गम गाउँ नेप्कामा टेलिफोनमा जोडियो

२०७८ श्रावण,१३गते बुधबार
सिमकोट । हुम्लाको चंखेलीगाउँपालिका –५को दुर्गम नेप्का गाउँमा अहिले सम्म संचार सम्पर्क नभएको ठाउँ संचार सम्पर्क संग जोडिएको छ।
टेलिफोन सम्र्पक नहुने एकमात्र चिनको स्वशासित क्षेत्र तिब्बत संग जोडिएको देशकै दुर्गम नेप्का गाउँमा लामो समयपछि टेलिफोन सम्पर्कमा जोडिएको हो। जिल्ला सदरमुकामबाट सिमकोट बाट तिन दिन हिड्न लाग्ने नेप्का गाउँ चीन सँग जोडिएको छ ।नेप्का गाउँबस्तिमा नेपाल टेलिकमको नमस्ते मोबाईल सेवा सुरु भएपछि त्यहाँका स्थानीयहरु हर्षित भएका छन्। नेप्का गाउँमा नेपाल टेलिकमको नयाँ टावर जडान भएपछि त्यहाँका नागरीकलिफोन गर्न सहज भएको अध्यक्ष धनलाल चौलागाईले बताए । नेपाल टेलिकम बबरमहलको सामग्रीसहित प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको १५ लाख ढुवानी सहयोगमा बनेको नेपाल टेलिफान बरबमहल काठमाण्र्डो खटिएका एक र्कर्मचारी राम बहादुर हिजोबाट मात्र टावर सञ्चालनमा आएको हो ।बिभिन्न निवार्चनमा त्यहाँका स्थानीय राजनीतिक दलका नेताहरु चुनावी नारा नै टेलिकमको टावर राख्ने भनिए पनि ३ वर्षसम्म टावर बनेको थिएन । २०७५ सालबाट सुरु गरी ३ वर्ष पश्चात सम्पन्न भएको छ ।