जसपा बैठक आज पनि बस्दै

फिल्को मिसन

२०७८ श्रावण,१४विहीबार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पुनः बस्ने बैठकमा सरकारमा सहभागितासँगै पार्टी सङ्ठनका विभिन्न विषयमा छलफल हुने छ ।
यसअघि हिजोको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी पार्टीका तीन जना शीर्ष नेतालाई दिएको छ । ललितपुरको बालकुमारीमा बसेको बैठकले पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको प्रवक्ता डम्बर खतिवडाले जानकारी दिनुभयो ।
बैठकले मन्त्री छनौट गर्दा सबै वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी चयन गर्ने मापदण्ड समेत बनाएको प्रवक्ता खतिवडाले बताउनुभयो । ब
ैठकमा केही नेताले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जानुपर्ने धारणा राखेका थिए भने केहीले अहिलेसम्म अवसर नपाएकाहरुलाई पठाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस