आज उपत्यकामा ५० बर्ष माथिका नागरिकलाई खोप लगाइँदै
२०७८ श्रावण,१४विहीबार
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर तथा ललितपुरमा भेरोसेलको पहिलो मात्रा लगाउन सुरु गरिंदै छ । ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो । खोपकेन्द्रको व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन् ।
यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् । यस्तै, फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन् । खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा वडाबाट उमेर प्रमाणित हुने कागजपत्र लिएर आउन आग्रह गरेका छन्। आज बिहान १० बजेदेखि बेुलका ५ बजेसम्म खोप लगाइने महानगरले जनाएको छ।