विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ४२ लाख पुग्यो

फिल्को मिसन

२०७८ श्रावण,१४विहीबार

एजेन्सी । विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ४२ लाखपुगेको छ । नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२ लाख २ हजार ५ सय ६५ नाघेको छ ।
खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन । बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७६ हजार ५ सय ७८ जनानमा सङ्क्रमण भएको छ । यस्तै थप ४ सय ७२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख २८ हजार ८३ जनाको मृत्यु भइसकेको छ । यसैगरी ब्राजिलमा ५ लाख ५३ हजार २ सय ७२ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस