भारत विरुद्धको दोस्रो टि–ट्वान्टी श्रीलङ्का बिजयी

फिल्को मिसन

२०७८ श्रावण,१४विहीबार

एजेन्सी । घरेलु टिम श्रीलङ्काले दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो ।
यस जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो ।भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । आज तेस्रो तथा अन्तिम टि–ट्वान्टी हुनेछ ।

प्रतिक्रिया दिनुहोस