पाँच दिनभित्र सदस्यताको नाम टुंग्याउन केन्द्रीय नेताहरु लाई जिम्मा

२०७८ श्रावण,१४ गते बिहीबार
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठकले कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने केन्द्रीय नेताहरुलाई जिम्मा दिएको छ ।देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवादबारे ५ दिनभित्र निर्णय लिने जिम्मेवारी केन्द्रीय तहका नेताहरुलाई तोकेको हो ।केन्द्रीय तहका नेताहरुले क्रियाशील सदस्यता विवाद, अन्य पार्टीबाट आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा ५ दिनभित्र निर्णय पठाईसक्ने नेता रमेश लेखकल बताए । क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले छानविन मापदण्डअनुरुप नै प्रतिवेदन बुझाइसकेको जानकारी छ ।