राष्ट्रिय योजना आयोगका पदाधिकारीको आजै शपथ ग्रहण

फिल्को मिसन

२०७८ श्रावण,१४ गते बिहीबार
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्दै उपाध्यक्ष विश्वनाथ पौडेलले कोरोना र बाढीपहिरोको प्रभावलाई विषेश ध्यानमा राखेर योजना निमार्ण गर्ने बताउनुभयो । आज बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने बताउनु भयो । उहाँले नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो
प्रधानमन्त्री शेर बहादुर देउवाले पौडेललाई सपथ ग्रहण गराउनु भएको हो । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गरानु भएको थियो ।

प्रतिक्रिया दिनुहोस