फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा विवादबारे छानबिनको माग

फिल्को मिसन

२०७८ श्रावण,१४ गते बिहीबार
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा निवेदन दर्ता गराउनुभएको छ । प्रशिक्षक अलमुताइरीले आज एन्फा कम्प्लेक्स पुगेर वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई सञ्चारकर्मीसँगको विवादबारे छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराउनुभएको हो । एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले अपरान्ह एन्फा आएर निवेदन दिएको जानकारी गराउनुभयो ।
दुई सञ्चारकर्मी र उपाध्यक्षको विवादबारे छानबिनको माग गर्दै प्रशिक्षक अलमुताइरीले निवेदन दिनु भएको उहाँले बताउनुभयो । प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गर्नुभएको थियो । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण आफुले राजीनामा दिन लागेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस