अदानचुली बैंक मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी

फिल्को मिसन

२०७८ श्रावण,१४ गते बिहीबार
सिमकोट । हुम्ला जिल्लाको अदनचुरी गाउँपालिकाले आफ्नो सेवा क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई बैक मार्फत सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी दिएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नु भनि दिएको निर्देशन अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा वितरण गरिएको जनाईएको छ । सामाजीक सुरक्षा भत्ता भुक्तानी गर्ने पहिलो १ नम्बर वडाmले भुक्तानी गरेको वडा अध्यक्ष रग थापाले जनकारी दिनु भयो ।
ग्लोबल आई एम ई बैंकमा अदचुलीगाउँपालिकाले सामाजिक सुरक्षा बचत खाता खोल्न सम्झौता भए अनुरुप सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको बैंकको खातामा रकम जम्मा छ । जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिक र क्षेत्र तोकिएका बालबालिकाहरुका लागि बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा खाता खोले अनुरुप सामाजिक सुरक्षा भत्ता रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताएका छन । जेष्ठ नागरीक ७० वर्ष माथीकालाई १२ हजार,६० वर्ष माथीका जेष्ट नागरीकलाई र एकल महिलालाई ८ हजार,अपांगता भएका नागरीकलाई ६४ सय र बालबालीकालाई १६ सयका दरले बैंकमा जम्मा गरीएको छ ।
आर्थिक बर्ष २०७७।०७८ को पहिलो किस्ताको रकम २ सय ८५ जनाको १२ लाख ६ सय १३ रुपैया जम्मा भइसकोको अरु दोस्रो, तेस्रो किस्ताको पनि केहि दिनमा जम्मा गर्ने तयारी भैरहेको ग्लोबल आई एमई बैंकका प्रबन्धक रमेश कुमार रावलले बताए ।
केहि वडामा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिकोे खाता सञ्चालन नगरीएकोले वडा नम्बर १ र ४ को सामाजीक सुरक्षा भत्ता बापतको रकम बैंकमा जम्मा भइसेकोले बाँकी बैंकले खाता सञ्चालन गर्न आउनेक्रम रहेकोले केहि समयमा बितरण मा ढिलाई भएको गाउँपालिकाका अध्यक्ष फडेराले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस