नेपालका एथलेटिक्स खेलाडी चौधरी पहिलो चरणबाटै बाहिर

फिल्को मिसन

२०७८श्रावण १५,शुक्रबार
काठमाण्डौं । नेपालका एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिनुभएको छ । महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नुभएका सरस्वती पहिलो चरणबाटै बाहिरिनुभएको हो । ओलम्पिक स्टेडियमको ट्रयाकमा आज बिहान सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गर्नुभएको हो । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सक्नुभएन । यस प्रतिस्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सेकेन्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस