टोकियो ओलम्पिकमा चीन १५ स्वर्णसहित शीर्ष स्थानमा

फिल्को मिसन

२०७८श्रावण १५,शुक्रबार

एजेन्सी । जापानको राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत अहिलेसम्म कुल १ सय १२ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ३९ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।ओलम्पिकको सातौं दिन सकिदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । चीनले १५ स्वर्ण पदकसहित कुल ३१ पदक जितेको छ ।
दोस्रो स्थानको जापानले १५ स्वर्ण पदकसहित कुल २५ पदक जितेको छ । तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ३८ पदक जितेको छ । रसियन ओलम्पिक टिम ८ स्वर्णसहित कुल २८ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ८ स्वर्णसहित कुल २० पदक जितेर पाँचौं स्थानमा रहेको छ ।यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी र फ्रान्सले ३÷३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली, नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभानिया, क्रोएसिया र कोसोभो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस