एमसीसी सम्झौता राष्ट्रहितमा छैन : भीम रावल

२०७८ श्रावण,१५ गते शुक्रबार
काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गरेर अघि बढेमा राष्ट्रघात हुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले अहिलेसम्म एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकताविरुद्ध रहेको बताए ।
‘एमसीसीसँग सम्वन्धित सबै सम्झौता संसदमा पेश गरियोस, सबै सांसदलाई अध्ययन गर्न दिइयोस’ उनले भने, ‘एमसीसीसम्वन्धी सम्झौता राष्ट्रहितमा छैन, त्यसैले सम्झौता गरिनुपर्छ ।’ विगतमा असमान सम्झौताहरु गरेर देश र जनताले लज्जित हुनुपर्ने स्थिति आएको स्मरण गर्दै रावलले सरकारले जिम्मेवार भएर देश हितमा प्रावधानहरु संशोधन गरिनुपर्ने बताए । आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषय दुवै देशले स्पष्ट पार्नुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका रावलले भने, ‘मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होइन, तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्नुपर्छ ।’ उनले भने, ‘देशको कानुन मिच्ने, भूमि मिच्ने, स्वाभिमान मिच्ने सम्झौता गर्नु हुँदैन । देशलाई एउटा कम्पनीको अधिनमा पुर्याउने काम गर्नु हुँदैन ।’एमसिसी कुनै हालतमा स्वीकार हुँदैन उपप्रधानमन्त्रीसमेत भइसकेका रावल एमसिसी पारित गर्नै नहुने पक्षमा छन ।