जसपा संसदीय दलको नेतामा यादव चयन

फिल्को मिसन

२०७८ श्रावण,१६ गते शुक्रबार
काठमाण्डौं । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।
बैठकमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गर्नुभएको थियो । महेन्द्र राय यादवले समर्थन गर्नुभएको छ । नयाँ सरकार गठन, प्रतिनिधिसभा बिघटन लगाएतका बिषयमा जसपाको महन्थ ठाकुर पक्ष र यादव पक्ष बीचमा असहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस