भारतीय पक्षले भन्यो,तुइन काटेको अस्वीकार

फिल्को मिसन

२०७८ श्रावण,१६ गते शुक्रबार
दार्चला । दार्चला जिल्लाको ब्यास गाउँपालिका–२ मा रहेको मालघाटमा नेपाली युवालाई तुइनबाट महाकाली नदीमा खसेका घटनामा आफ्ना सीमा रक्षकको सम्लग्नता अस्वीकार गरेको छ ।
शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले उक्त घटनामा सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता अस्वीकार गरेका हुन्।
ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी शुक्रबार बिहान महाकालीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइन काटेपछि धामी नदीमा खसेको आफन्तले बताएका छन्।

भारतले भने तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत भएको बताएको छ। दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गरे ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन् । मालघाटबाट भारत तर्फबाट सदरमुकाम आउँदै गर्दा एसएसबीले तुइन काटिदिएपछि वैदेशीक रोजगारका लागि हिँडेका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस