एकैदिन ढेड लाख भन्दा बढिले लगाए कोरोना विरुद्धको खोप

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
काठमाडौं । नेपालमा सोमबार एकैदिन १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर भेरोसेल र ज्यान्सिन गरेर १ लाख ८१ हजार २५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
यसैबीच, सरकारले कोरोनाविरुद्धको खोप सम्बन्धी विवरण सार्वजनिक गरेको छ । हालसम्म नेपाल सरकारलाई प्राप्त खोपबारे विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार हालसम्म नेपाललाई ५ करोड २२ लाख ८२ हजार खोप विभिन्न माध्यमबाट प्राप्त भएको छ । जसमा नेपालले खरिद गरेको र कोभ्याक्स सुविधामार्फत् आएका खोपहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस