सामाजिक सुरक्षा भत्ता ७५ लाख फिर्ता

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
ऋाछामं । बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अछामको चौरपाटी गाउँपालिकामा ७५ लाख बढी रकम फिर्ता भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकबाट सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणाली मार्फत वितरण सुरु गरे पछि रकम फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा ७ हजार ८ जना लाभग्राही रहेकोमा १ हजार ४ सय लाभग्राहीले खाता नखोलेपछि रकम फिर्ता गएको गाउँपालिकाले जानकारी दिइएको छ । गाउँपालिकाले पटक पटक खाता खोल्न सुचना प्रकाशन गरे पनि वडा तथा गाउँपालिकाको कार्यालयमा सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता फिर्ता पठाएको प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन तथा गाउँपालिकाको समन्वयमा आर्थिक वर्ष २०७७÷०७८ मा बैकिङ्ग प्रणालीमार्फत भत्ता वितरण हुदाँ ठुलो रकम फिर्ता गएको गाउँपालिकाले जनाएको छ । बैकिङ्ग प्रणालीमार्फत वितरण हुनु पहिले सामाजिक सुरक्षा भत्ताको लागि निकासा भएको सबै रकम खर्च हुने गरेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ताको लागि खाता खोल्न नआउने सुचीमा अधिंकाश वालवालिकाको नाम रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस