फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले मागे माफी

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी माग्नुभएको छ । आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उहाँले आज सार्वजनिक रुपमा माफी माग्नुभएको हो ।
उहाँले नेपालमा खेलाडी सँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको थियो । मुख्य प्रशिक्षकले यसरी बोल्नु अनुशासन उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले कारबाहीको माग गरेका थिए ।
प्रशिक्षक अल्मुताइरीले भने आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको स्पष्टीकरण दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ । त्यसप्रति म क्षमा चाहन्छु ।’ भनेर लेख्नुभएको छ ।
आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिन पाएकोमा खुसी रहेको समेत मुख्य प्रशिक्षक अल्मुताइरीले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस