एन्फा प्रवक्ता राईद्वारा राजीनामा

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।
। राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहनुभएका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गर्नुभएको हो । विदेशी प्रशिक्षकले एन्फाका वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा आरोप लगाउँदै राजीनामाको घोषणा गरेपछि राई पनि असन्तुष्ट छन ।

प्रतिक्रिया दिनुहोस