कक्षा १२ को परीक्षा स्थगितको निर्णय नभएको परीक्षा बोर्ड अर्यालको भनाई

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न अनुरोध गर्न चाहन्छु ।’
कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे अहिले नै निर्णय गर्न नसकिने उनले बताए । ‘अझै परीक्षा हुन दुई हप्ता बाँकी छ । यो हप्ता हामी परिस्थिति हेर्छौं । त्यसपछि थप छलफल गरेर निर्णय लिन्छौं,’ सदस्य सचिव अर्यालले भने, ‘विद्यार्थी अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गर्न चाहन्छु ।’
अहिले सञ्चालन भइरहेको परीक्षा नियमित हुने र तयारी भइरहेका बाँकी परीक्षाहरु पनि तोकिएको समयमा नै हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस