फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई गरेको कारबाही सर्वोच्चद्वारा सदर

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
सुर्खेत। कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएको अन्तरिम आदेश खारेजीको माग गर्दै दिएको भ्याकेटमा सुनुवाइ गर्दै अदालतले कारबाही सदर गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भ्याकेट निवेदकको माग बमोजिम हुने फैसला गरेको सर्वोच्चले जनाएको छ।

नेता माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मत दिएकै कारण कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो।

 

प्रतिक्रिया दिनुहोस