क्रिकेटका पूर्वकप्तान पारस खड्काले सन्यास लिए

फिल्को मिसन

२०७८ श्रावण १९ गते मंगलबार
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत खड्काले आज बिहान यसबारेमा जानकारी गराउनुभएको हो।नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने अझैँ बामे सर्दै गरेको उल्लेख गर्नुभएको छ ।मैदानभित्रका बितेका २० वर्ष जीवन रहुन्जेल मीठो यादका रूपमा रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस