न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिनको लागि कार्यदलको बैठक बस्दै

फिल्को मिसन

२०७८ श्रावण,२० बुधबार
काठमाडौं । सत्ता पक्षीय गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्दै छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो । बैठक आज बिहान बालुवाटारमा बस्ने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले जानकारी दिए ।
पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन भएको छ । कार्यदलमा कांग्रेसका मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस