अवैध उत्खनन् गर्ने पक्राउ, चालकसहित सवारी साधन नियन्त्रणमा

फिल्को मिसन

२०७८ श्रावण,२० बुधबार
नुवाकोट । नुवाकोटमा वर्षात्को समयमा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्नेलाई प्रहरीले कारवाही सुरु गरेको छ ।
अबैध उत्खनन् गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालक सहित दुई थान आइचर गाडी नियन्त्रणमा लिइएको छ । लिखु गाउँपालिका ३ गड्खारस्थित लिखु खोलामा अवैध रुपमा बालुवा उत्खनन् गरि लोड गरिरहेको अवस्थामा सोमबार राती उनीहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रकाउ परेकाहरुलाई आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइएको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिनुभयो । यसैवीच, ककनी गाउँपालिकाको घुमाउनेवाट पनि अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न एक थान स्काभेटर सहित चालकलाई नियन्त्रणमा लिइएको छ । प्रकाउ परेकालाई आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय विदुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस