छ बर्ष पछि इलाका प्रशासन कार्यालय सर्केगाढले पायो पूर्णता

फिल्को मिसन

२०७८ श्रावण,२० बुधबार

सिमकोट । हुम्लाको दक्षिणमा रहेको इलाका प्रशान कार्यालय सर्केगाढले पूर्णता पाएको छ। हुम्लाको मध्ये क्षेत्रमा २०७३ साल असार ३०गतेमा स्थापनाभएको ईलाका प्रशासन कार्यालय छ बर्षपछि आधिकारी रुपामा कार्यालय सचालन हुने भएको छ।
चार वटा गाउँपालिका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदानहोस भन्ने उद्देश्यले गृह मन्त्रालयको निर्णाय अनुसार निजामती सेवा ऐन २०४९को दफा १३बमोजिम कार्यालय प्रमुख उपस्थित नभए सम्मको लागि छमहिनाको निमित कार्यालय प्रमुख हैसियतमा  नायब सुुब्बा भीम बहादुर रोकाया लाई बुधाबार  सर्केगाडकाे कार्यालय प्रमुख का मु शाखा अधिकृतकाे जिम्मा दिएको छ ।
स्थानीय जनतालाई घर दैलोमै छिटो छरितो र पारदर्शी ढंगमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती क्षेत्रमा इलाका प्रशासन स्थापना भएको थियो।
नागरिकताका पनि सवै श्रेस्ता उपलब्ध नगराईदा प्रतिलिपि लिन नयाँ बनाउनको लागि सदरमुकाम नै धाउनु पर्ने बाध्यता हटेको छ।
स्रेस्ता इलाकामा र हाकिमको सही छाप गर्न जिल्ला प्रशासन कार्यालय सिमकोटमा धाउनु पर्ने भएकोले अब देखि नागरिकता, सिफारिस, राहदानीका अन्य शिफारीसको लागि अब देखि ईलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएका छन ।
श्रेस्ता,नागरिकता,राहदानी फारम,सिफारिस लगाएतका ठेलीबोकेर कार्यालय सहयोगी भरमा सदमुकाम सिमकोटमा दुई दिन लगाएर आउनु पर्ने समस्या हल भएको छ ।

प्रतिक्रिया दिनुहोस