पहिरोले तुम्कोट गाऊँमा सिचाइ,खानेपानी र होटल बगायो

२०७८ श्रावण,२० बुधबार
हुम्ला । हुम्लाको उतरी नाम्खा गाउँपालिका वडा न २ तुम्कोट गाऊँमा माथिबाट खानेपानीको पाइप लाईन र एउटा होटल बगाएको छ ।मंगलबार राती करीब २बजे तिर आएको भीषण वर्षा र बाढी पहिरोले गर्दा तुम्कोट गाउँ नजिकैको खेतबारी,होटल, सिचाइ कुलो र खानेपानीको पाइप बगाइदिएको छ ।
गत बर्षमा सिचाइ कुलोलाई मंगलबार आएको भीषण बर्षाले माथिबाट पहिरो आउदा ५सय मिटर लामो खोलामा बनाएको कुलो बगाएको छ भने अन्य ठाउमा कुलो छेदबिछेद बनाएको छ । कुलो पहिरोले बगाउदा ५ सय रोपनी खेत बारी र बाझो जग्गा समते नरहेको तुम्कोट निबासी छेम्जोक दोर्जे लामा बताए । तुम्कोट निबासी लामाका अनुसार धैर समय अगाडि बनाएको सिचाई कुलो अहिले सम्म केही पनि भएको थिएन मंगबार एक्कासि ठूलो पानी सङ्गै पहिरो आउदा खानेपानीको मुहान पाईप समेत बगाउँदा खानेपानीको समस्या भएको छ । खेत बारी र बाझो जग्गा समेत नरहनको उनले बताए छन ।
आन्तरीका तथा बाहय प्रयटकको लागि खोलिएको होटसमेत बाढि पहिरोले बगाएको लेण्डो मिग्युर लामा बताउनु हुन्छ ।
खेतबारीमा लगाएको अन्न बालि समेत बगाएको नाम्खा ५ तुम्कोट गाउँका स्थानीय हिसे पाल्मो लामा बताएका छन । गाउले नै भोकमरी पर्ने हुन सक्ने भन्दै त्यसको लागि आफुले सक्दो पहल गर्ने नेपाल रेडक्रस शाखा हुम्लाका मन्त्रि तथा नेपाल अस्ट्रया साझेधारी संस्थाका संयोजनक छेपाल दोर्जे लामाले बताउनु भएको छ । अब तत्काललै सम्बन्धि सरोकार निकायलाई पहल गर्दिन स्थानीय निकाया लाई अनुरोध गरेका छन ।