ताँजकोटमा सहकारी संस्थामार्फत सुपथ मूल्य पसल संचालन हुने

फिल्को मिसन

२०७८ श्रावण,२४ आइतबार
सिमकोट । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो बर्ष देखि हुम्लाको ताँजकोट गाउँपालिकाको छप्रेलामा सहकारी संस्थामार्फत सुपथ मूल्य पसल संचालन हुने भएको छ ।
सरकाले सहकारी माध्यमबाट सुपथ मुल्य पसलको संचालनको अवधारण ल्याई सरल रुपमा खाद्यय बस्तु उपलब्ध गराउने उद्देश्य लाई कार्यान्वयन गर्न लागि खाद्य कम्पनी र विश्व खाद्यय. कार्याक्रमको प्राविधिक सहयोगमा ताँजकोटमा रहेका सहकारी संस्थाहरुलाई पसल संचान गर्न आवदेन खुल्ला गरिएको छ ।
सरकारले पटकपटक यसका लागि अनुदान बाँढ्दै आए पनि अहिलेसम्म सुपथ मूल्य पसल उपभोक्ताको पहुँचबाहिरै रहेकोले आर्थिक वर्षमा स्थानीय तहमा सहकारी संस्थामार्फत सुपथ मूल्य पसल खोल्ने हुम्लाको ताँजकोट लाई अनुमतिपाएको छ।
स्थानीय तहका सहरकारी संस्थाले पाउने सुविधा पाँच हजर बिक्री गरेको खण्डमा ७ प्रतिशत र त्यो भन्दा बढि भएकोमा ६ प्रशित छुट सुविधा गरेको कमिशन पाउने व्यवस्था गरेको छ ।
सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानले उत्पादन वा बिक्रीवितरण गर्ने वस्तुको डिलरसीप स्थानीय तह क्षेत्रभित्र वितरणको एकाधिकार पसललाई दिने अवधारणा अनुसार पहिलो पटक हुम्लको ताँजकोट गाउँपालिकामा रहेका सहकारी लाई आवेदन खुला गरिएको हुम्ला खाद्यय संस्थान शाँखा कार्यालय हुम्लाले निमित कार्यालय प्रमुख भरत प्रसाद अधिकारीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस