नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिका—७ को वडा भेला सम्पन्न
२०७८ श्रावण,२१ बिहीबार
सिमकोट । नेकपा माओवादी केन्द्रको सिमकोट गाउँपालिका—७ को वडा डाँडाफयामा भेला सम्पन्न बिहिबार भेला सोमबार सम्पन्न भएको छ ।सो वडा भेलाले इन्र्चाज हिरा बहादुर शाही, अध्यक्षमा धोज बहादुर शाही, सचिवपदका लागि धर्मराज शाही गरि २९ सदस्यीय वडा समिति चयन गरेको नेकपा माओवादी केन्द्र हुम्लाका कार्यालय सचिव विनोद विकले बताउनु भयो । भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि हुम्लाका ख प्रदेशका इन्र्चाज महेन्द बहादुर शाहीले ’अविराम’ ले जिल्ला संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास र समृद्विमा पार्टी पंक्ति र जनप्रतिनिधी एक ढिक्का हुनु पर्ने बताए ।
नेकपा बाट पार्टी अलगभपछि पुरानै पार्टी माओवादी केन्द पछिल्लो समय हुम्लामा नेकपा माओवादी केन्द्रले आफ्नो संगठन विस्तारलाई तिब्रता दिएको छ । संगठन विस्तारको क्रममा विहीबार सिमकोट गाउँपालिकाकोे वडा नम्बर ७ को वडा भेला सम्पन्न गरेको हो ।विहीबार एक कार्यक्रम विच एमाले पार्टी बाट नवप्रवेसी शेर बहादुर शाही,रामराज शाही , कन्तेरी सिंह,शक्ति सिंह,गणेश सिंह,दिपेश सिह,जनक बहादुर सिह,बिरबहादुर सिह, बिर्ख सिह बहादुर लगाएत माओवादी केन्द्रमा प्रवेश गरेको छन । एमाले परित्याग गरि माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै हुम्लाका ख प्रदेशका इन्र्चाज शाहीले एमाले परित्याग गरि माओवादीमा आएका नवप्रवेसीहरुलाई स्वागत गर्नुभयो । उनले भने ‘एमालेले सँग चुनावी तालमेल गरेर दुई तिहाईको बहुमत बनेको पूर्व प्रधामनमन्त्रि केपी ओलीको सरकार आफ्नो परिचय देखाई सकेकाले अब एकमात्र परिवर्तनकारी शक्ति माओवादी रहेकाले माओवादीमा गोलबन्द हुन सबैलाई आव्हान गर्नुभयो ।’
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व एमाले वडाकमिटी अध्यक्ष हिरा बहादुर शाहीले लामो सयमा एमालेमै रहेर पनि पार्टी नेतृत्व गर्ने पक्तिले हामी लाई विश्वास नमानैर हामी लाई छाता पार्टी भनेकै माओवादी केन्द्रमा लागेको बताउनु भयो । कुनेै स्वार्थको लागि नभई बैचारीहिसाबले आफु लगयातका ७ जना माओवादीमा लागेको बताए । भने अर्का नवप्रवेसी भैर सिहले एमाले पार्टी भनेको प्रतिगामी पार्टी भएकाले परिवर्तनको लागि माओवादी रोज्न आफूहरु बाध्य भएको बताए ।