आजदेखि भेरोसेलको दोस्रो खोप लगाउँदै

फिल्को मिसन

२०७८ श्रावण,२२शुक्रबार
काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आजदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । गत असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो मात्रा लगाउन पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लगाएर २१ दिन पूरा गरेकारूलाई देशैभर दोस्रो मात्राको खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखा प्रमुख डा झलक गौतमले बताए ।
उहाँका अनुसार दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म चलाउने तयारी मन्त्रालयको छ । यो व्यवस्था गण्डकी, बागमती र लुम्बीनी प्रदेशमा कार्यान्वयनमा आउने भए पनि अरु प्रदेशमा भने केही दिन परसम्म पनि खोप अभियान चल्न सक्छ ।
दोस्रो डोज खोप लगाउन आउनेले अनिवार्य रूपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो मात्रा लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो । नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप प्रयोगमा आइरहेको छ

प्रतिक्रिया दिनुहोस