जिल्ला अस्पताल बाजुरामा निमोनिया रोगका बिरामी बढे

फिल्को मिसन

२०७८ श्रावण,२१ बिहीबार
बाजुरा । जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले बिरामी बढन थालको छ ।
एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले बताउनु भयो ।
निमोनिया जस्तो लक्षण देखापरेका बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा जोशीको भनाइ छ । अहिले सम्म अस्पतालमा १३ बालबालिकाको उपचार भइरहेको छ । सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।
केही दिनअगाडि कोरोना हो कि भन्ने शङ्कामा जिल्ला अस्पतालमा भर्ना भएका १३ बालबालिकाको स्वाब सङ्कलन गरी डोटी प्रयोगशालामा पठाउँदा एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस