एमाले नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

फिल्को मिसन

२०७८ श्रावण,२२ शुक्रबार
काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि चल्ने भएको छ । आजको बैठक बिहान ११ बजेपछि काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु हुने नेता मेटमणि चौधरीले बताउनुभयो ।
उहाँका अनुसार बैठकमा पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनाका दिनुपर्ने, भएका गल्तीका लागि माफी माग्नुपर्ने लगायतका शर्त अघि सार्ने बारेमा छलफल भइरहेको छ । यही २४ गतेसम्ममा पार्टी एकताका लागि कुनै प्रगति नभएमा नयाँ पार्टी गठनका लागि पनि अघि बढ्ने बारेमा नेताहरूको विचार आएको उहाँले जानकारी दिनुभयो ।
हिजोको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे जानकारी गराउनुभएको थियो । बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस