कालिकोटमा थप १० दिन निषेधाज्ञा जारी
२०७८ श्रावण,२२ शुक्रबार
कालिकोट। कालिकोट जिल्लामा कोरोना महामारीको सङ्क्रमण रोकथामका लागि थप १० दिन निषेधाज्ञा गरिएको छ।
साउन २२ गते राति देखि लागुहुने गरी भदौ १ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देविन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।कालिकोटमा कोभिड–१९ महामारीको सङ्क्रमण जोखिम कायमै रहेको र रोकथामका लागि निषेधाज्ञा थप गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै भेला, जुलुश,¥याली,सभा सम्मेलन गर्न नपाउने,शैक्षिक संस्था,तालिम गोष्ठी,सञ्चालन गर्न नपाउने साथै विबाह,ब्रतबन्ध,पुजापाठ एव धार्मिक कार्यहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी २५ जना मात्र सहभागि हुन पाउने श्रेष्ठले बताउनुभयो ।
जिल्लामा जनस्तरबाट स्वास्थ्य मापदण्डको पालना प्रभावकारी रुपमा नभएको गुनासो बढीरहेको छ । जिल्लामा आवतजावत गर्ने नागरीकको भिडभाड कायमै भएको र भेला गोष्ठी सञ्चालन भएको हुँदा सङ्क्रमण बढ्न सक्ने स्थानिय तपेन्द्र थापाले बताउनु भयो।