झरीको मौसममा यौन जिवनलाई कसरी बनाउने उत्साहजनक

२०७८ श्रावण,२१ बिहीबार
एजेन्सी । झरीको मौसम यौन जिवनका लागी शानदार मन रोमान्टिक हुन्छ र शरीर पनि फुल्न र फक्रिन थाल्छ ।
तर यस्तो मौसममा पनि तपाईं यौन सम्बन्धमा कमजोर हुनुहुन्छ ? या तपाईं अन्य मौसमभन्दा फरक महशुस गर्न सक्नुभएको छैन ? यस्ता समस्या समाधान गर्न तपाईं आफैले पहल गर्न सक्नुहुन्छ। यसका लागी तपाईंले आफ्नो भान्साकोठामै घरेलु आयुवेर्दिक औषधि बनाउन सक्नुहुन्छ । आफैले बनाएको घरेलु औषधिबाट झरीको मौसममा आफ्नो यौन जीवनलाई आर्कषक र सन्तुष्ट कसरी बनाउने त ?
जानौ औषधि बनाउने तरिका ः २ देखि ४ वटा सुकेको खन्यूलाई किसमिससँग बिहान र बेलुका दूधमा पकाएर खाने र एक गिलास दूध दैनिक पिउने । ७ ग्राम अश्वगंधा चूर्ण, मिश्री र महमा १५ ग्राम गाईको घ्यूमा मिलाएर प्रत्येक दिन बिहान र बेलुका खाने ।
५० ग्राम मासको दाललाई पानीमा भिजाएर बोक्रा निकाल्ने, र यसलाई घ्यूमा भुटेर दुध, सखर, बदाम, किसमिससंग मिसाएर खीर बनाएर खाने । यसले तपाँईको यौन शक्ति बढाउँछ । १०÷१० ग्राम मह, अदुवाको रस, प्याजको रसलाई ६ ग्राम घ्यू सबैलाई एकै ठाउँमा मिलाएर बिहान नियमित २१ दिन भरीभरी खाने । यसले तपाईंको यौन शक्ति बढाउंछ ।
१५ ग्राम कालो तिल र १० ग्राम गोखरु चूर्ण दुधमा मिलाएर पिउने । यसले तपाईंको थकानलाई नियन्त्रण गर्छ । यौनमा अन्य समयमा पनि कमजोर महशुस गरीरहनु भएको थियो भने कुविण्डोको बियाँको बिचको पिनेर पिठो बनाएर दुधमा मिलाएर बिहान पिउनुस वा कुपिण्डोबाट बनेको मिठाई बिहान बेलुका खानापछि मिठाईको रुपमा खानुहोस् ।
यसले तपाईंको यौन अंगलाई सक्रिय बनाउन सहयोग गर्छ । यौनशक्तिको केहि समयमा नै बढाउन चाहानुहुन्छ भने कुविण्डोको १ सय मि.लि.जुसमा सखर मिलाएर पिउनस् ।