बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

फिल्को मिसन

२०७९ श्रावण,२३ शनिबार
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो ।औद्योगिक क्षेत्रमा रहेको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हो ।

काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आज विहान दुई बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

नेबिको बिस्कुटको कारानामा गए रातिदेखि आगलागी भएको जनाइएको छ । दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन आगलागी नियन्त्रणमा आइनसकेका कारण क्षतिको विवरण प्राप्त हुन सकेको छैन । आगलागीको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस