देशव्यापी ‘नेपाल मास्क अभियान’ आजबाट सुरु हुँदै

फिल्को मिसन

२०७९ श्रावण,२३ शनिबार

काठमाडौं । सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गर्दैछ ।
आज दिउँसो १ बजे भर्चुअल कार्यक्रम गरेर अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न गरिएको हो । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ भन्ने नाराका साथ अभियान सुरु गर्न लागिएको हो । साउन २३ देखि २९ गतेसम्म एक साता चलाइने यो अभियानमा मास्क लगाउन प्रेरित गर्ने अभियान संचालन हुने छ।
यसको औपचारिक शुरुवात शिनबार १ बजे भुर्चुअल रुपमा गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रकी निर्देशक डा राधिका थपलियाले जनाइन्। उनले मास्कको उचित प्रयोगले मात्र पनि कोरोना नियन्त्रणमा धेरै नै सहयोग पुग्ने भन्दै यो अभियान सुरु गरिएको जनाइन्। यो अभियान देशव्यापी रुपमा एक सातासम्म चल्नेछ।
कोरोना सङ्क्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम गरिने स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस