जातिय मुक्तिको लागि नयाँ बैचारिकीको खोजीको आवश्यकता
२०७८ श्रावण २४
हुम्ला ।
मान्छे भयर जन्मिए पछि शोनिश्चित रूपमा बाच्न आबश्यक छ र राज्य द्वारा दियको नैसर्गिक अधिकार लाई अहिले सम्म राम्रो सङग प्रयोग गर्न पायका छैनन।अहिलेको २१ औ सताब्दी बैज्ञानिक युगमा पनि जातीय विभेद र उत्पीडन अहिले सम्म अन्त्य हुन सकेको छैन ।
राणाशासनको बाहुल्यतामा जङगबहादुर राणाले आफ्नो हातमा सत्ता लियपछी सन १९२० सालमा मुलिकी ऐन नै जारी गरि जात अनुसारको दण्ड सजाय ब्यबस्था गरेका हुन त्यही अहिलेसम्म कानुन मनुस्मृतीको अनुसार मा अछुत को रेखामा पारियको धार्मिक राजनैतिक शैक्षिक आदि क्षेत्रबाट बन्चित गरियका हामी मानव अछुत सबै दलितलाई सम्बोधन गर्न थालियको हो ।
दलित स्थायी शब्द होइन यो बाध्यत्माक शब्द हो बर्तमान समस्या अर्धसामान्ती र औपनिबेसिक सामाजिक बनोट भएको नेपाली समाजमा दलितलाइ पाखा लाउने हो कि फेरि अधिकार बिहिन बनाउने हो ?, यो विभेद ले गर्दा विभिन्न किसिमका जघन्य घटनाहरु घटेका छन। छुवाछूत को अग्रस्थान कर्णाली प्रदेश हो। दलित आन्दोलन दस दशक देखी अगाडि नै आन्दोलन सुरुवात भएको हो तर अहिलेसम्म कुनै पनि नत राजनीतिक नत सामाजिक नत आर्थिक रुपमा अगाडि बढेको छ। नेपालमा दलित आन्दोलन बारे सङगठन हरु थुप्रै छ्न तर यो आन्दोलन बारे बैचारिकि रुपमा अगाडि बढेको पनि छैन। यो बैचारिक कार्यशाला सफल पार्नको लागि सबै स्थानीय स्तर देखी केन्द्र सम्म पुगेका निर्बाचित नेतृत्व हरुले एउटै बैचारिक रुपमा अगाडि बढ्न टड्कारो थियो। भनिन्छ जुन दलितमाथि गरियको दुरब्यबहार गर्नु गलत नियत हो भन्ने बुझिन्छ
संविधानको धारा १४ मा छुवाछूत तथा भेदभाव विरुद्ध हक भनियको छ। त्यस्तै धारा २४ मा भने न्याय सम्बन्धि हक भनेपछि अझैसम्म पनि दलितले भने न्याय पाउन बन्चित छन । नीति कानुन कागज मा मात्र सिमित हुँदा समाजमा आजसम्म पनि भेदभाव कायम रहेको छ ।तर पनि यो समाजमा घटेका सामाजिक घटना हरु उच्चतम बिन्दुमा जघन्य अपराध हुँदै आयका छनगलत नियतले दबाउने बानी र शोषण सामान्ति गुलाम वाद बनाउने व्यबहार ले गर्दा मानसिक समस्या दुनियाँ लाई छ तर हामिलाइ यो समस्या छ भनेर मनमा खेलाउनु यो सामाजिक रोग हो यसलाइ अन्त्य गर्न बैचारिकि को आबश्य्क छ ।जती प्रगतिशील को कार्यमा अगाडि बढेपनी बाहुन वादले कामै गर्न नदिने अबस्था छ। दलित जाति सदियौ देखि पीडित परेको समाज हो ।अर्धसामान्ती र औपनिबेशिक समाजिक रुपमा बनोट भएको ब्यबस्था सामान्तिवाद छ। जसका कारण साथै यहाँ बर्गिय तथा अन्तरबिर्रोध लेगर्दा गरिबीको रेखामा परेका छन दलितको अधिकार विभेद उत्पीडन बारे आन्दोलन लामो समय देखि आन्दोलन हुदै आयको छ ।
बिश्वमान चित्रमा नेपालको बहुलजातिय बहुभाषिक बहुलधार्मिक बहुलसास्कृतिक बिबिधतायुक्त मुलको रुपमा बिशिस्ट परिचय रहेको छ ।मुलुकमा १२५ जना जातजाति एबम १२३ प्रकारका भाषाभाषी हरुको बसोबास रहेको छ ।
बि• स २०६८ सालको जनगणना अनुसार दलितको जनसंख्या तथ्यांक १३• १२% रहेको छ। अबको दलित आन्दोलन स्वरुप मुख्य सङ्घर्ष दलाल र पुजिबादको विरुद्ध र सहायक सङ्घर्ष सामान्तबादको अबशेषमा विरुद्ध केन्द्रित हुने छ ।अब हाम्रो आन्दोलन जनताको शक्तिलाइ ब्यपक रुपमा संगठित गर्ने त्यस्ता आधारमा निर्बाचित जनप्रतिनिधिहरुलाइ हाम्रो लक्षक अनुकुल निर्माण गर्नुपर्ने अबस्था छ । भनिन्छ बिशुद्द बामपंथी बामगठबन्धन दलितको दुर्दशा हो किनभने शोषण र सामन्तीबादले गर्दा अहिले सम्म गलत नियतले दबाउने र बैंक भोटमा मात्र पर्योग गर्ने प्रबृत्ति देखिन्छ ।
दलित आन्दोलन लाइ अब बैज्ञानिक समाजबादी क्रान्तिको भरपर्दो रुपमा बिकास गर्नको विकल्प देखिदैन किनभने दक्षिण एसियामा ७० बर्षको पुजीवाद लोकतन्त्रले जात ब्यबस्था लाई अन्त्य गर्ने होइन नयाँ नयाँ उपाया रचेर दिर्घजिबी बनाएर दलित आन्दोलन बनाउने भुमिका खेल्दै आयको छ ।
माक्सबादी सिद्धान्तको अनुसार आलोकमा अघि बढ्ने क्रान्तिको निम्ति जसरी सर्बाहरा श्रमिक बर्गले नेतृत्व उत्पादन गर्न ठिक छ तर दलित समुदायलाई पनि बैज्ञानिक समाजबादी क्रान्तिको रुपमा अङ्ग पंक्तिमा उभ्याउनु राम्रो छैन ।” सत्ता पक्ष आफ्नो हातमा आयपनी दलित नेताले बालिघरे खलो मुठो माग्ने काम बन्द गर्नुपर्छ भन्ने अभियान गरेपनि दलित नेतृत्व लाई क्षेत्रि बाहुनले थर्काएपछी दलित नेताको सातोपुत्लो जान्छ किनभने दलित हरु प्राय परनिर्भर हुन्छन् यो तरिकाले दलितको मुक्ति हुन निकै कठिन कुरा छ “। किनभने पहिला को अबस्था र अहिले अबस्था निकै फरक कुरा छ । त्यही बाहुन छेत्रीको चाकरी गरेर दियको सातु सामलले दलित नेताका आमाबुबाले गुजारा गरेर जिन्दगी बितायका हुन। यहि खानाले दलितलाइ अपमान गरेको बुझ्दैनन ।
सर्बाहारा श्रमिक बर्गले आफ्नै मेहनत बाट कमाइ खायकोलाइ पनि हेल्चक्र्याइ गर्छन भनेपरनिर्भर अर्काको दास ( हलिया ) अर्काको काम गरे बापत बर्षमा फल्ने बर्ष बर्ष अनाज दिने काम गर्छन । त्यसैले दलितको अवस्था गरिबको रेखामुनि देखिन्छ ।
बैचारिक को खोजी र गर्नु पर्ने सङ्घर्षहरुको थुप्रै छन तर मुक्तिको लागी एउटै बाटो अपनायका छैनौं । अधिकार को निम्ति एकजनाले आवाज उठाइ हाले पनि यो समाजको प्रबृत्तिले गर्दा नाकै नदेखाउने अवस्था आउँछ। सल्लाह र सुझाब अनुसार गर्नुपर्ने बिकास र हुनुपर्ने मुक्ति नभईकन पुराना इतिहासकै आधारमा समाजमा नराम्रो प्रबृत्ति ल्याएर खोया बनायका छन। राज्यद्वारा दियको चाहिने जतिको नैसर्गिक अधिकार लाई राम्रोसँग प्रयोग गरेर मुक्तिको बाटो खोज्न टड्कारो छ। सिमित कागज मा मात्र नीति कानुन भयतापनी अधिकार बन्चित नहुन को लागि नयाँ बैचारिक सङ्घर्ष खोजिको लागी केहि नयाँ कुराको सृजना गर्न अपेक्षा छ ।