एमालेको आजको बैठक सोमबारका लागि सर्यो
२०७८ श्रावण, २४आइतबार
काठमाडौं । नेकपा एमालेको आज बस्ने तय भएको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सरेको छ । अध्यक्ष केपी ओलीद्वारा विधान अधिवेशनको तयारीका लागि भन्दै आज बिहान ११ बजेका लागि डाकिएको बैठक सोमबार अपराह्न ३ बजे बस्ने भएको हो । यो बैठक नेकपा एमालेभित्रको केपी ओली र माधव नेपाल दुबै पक्षका लागि निर्णायक मानिएको छ ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने ओली पक्षको आजको बैठकका आधारमा आफ्ना निर्णय अघि बढाउने संकेत दिएको थियो ।
ओली पक्षको आजको बैठकपछि नै नयाँ निर्णय गर्ने माधव पक्षका नेताहरुले बताएका थिए।