ओलम्पिकमा चीनको अग्रता कायमै,भारतलाई पहिलो पटक स्वर्ण पदक

फिल्को मिसन

२०७८ श्रावण, २४आइतबार
एजेन्सी ।विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक जापानमा जारी छ । अहिले सम्म ३ सय २७ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । चीनले ३८ स्वर्ण पदकसहित पहिलो स्थानमा छ भने अमेरिका ३६ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्ण पदक जितेको छ ।
यसैबिच ओलम्पिकमा भारतले पहिलो पटक स्वर्ण पदक जितेको छ ।भारतका नीरज चोपडाले हिजोे ज्याभलिन थ्रोमा ८७.५८ मिटर फाल्दै स्वर्ण पदक जित्नुभएको हो । भारतले ट्रयाक एन्ड फिल्डमा १ सय २१ वर्षपछि पदक जितेको छ । जारी ओलम्पिकमा अमेरिकाको पुरुष बास्केटबल टिमले भने लगातार चौथो पटक स्वर्ण पदक जितेको छ । फाइनलमा फ्रान्सलाई पराजित गर्दै अमेरिकाले स्वर्ण जितेको हो ।

प्रतिक्रिया दिनुहोस