कोरोनाको कारण आज ५५ जनाको मृत्यु

फिल्को मिसन

२०७८श्रावण, २४ आइतबार
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार १९ जना सङ्क्रमणमुक्त भएका छने भने ५५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ । सङ्क्रमित मध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हाल सम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ । हाल देशभर ८ सय २ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय सङ्क्रमित ३५ हजार बढी रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस