स्वगीर्य दाहाल स्मृति दिवसको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोेग

फिल्को मिसन

२०७८श्रावण,२५ सोमबार
सिमकोट । साहित्यकार एवम सञ्चारकर्मी दाहाल यज्ञनिधिको तेस्रो स्मृति दिवसको अवसरमा दुर्गम हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–७ कैलाश माध्यामिक विद्यालय डाडाँफयामा अध्ययनरत १५जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
गरिब,विपन्न,दलित,न्यूनआर्य श्रोत भएका विद्यार्थी लाई सहयोग गर्न दाहाल यज्ञनिधि स्मृति समारो समिति दिएको सहयोग दुर्गम गाउँमा अध्ययनरत विद्यार्थीलाई हस्तान्तरण गरेको हो । शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले साहित्यकार एवम सञ्चारकर्मी दाहाल यज्ञनिधिको तेस्रो स्मृति समिति लाई धन्यवाद दिएका छन ।
स्वगीर्य यज्ञनिधिको दाहाल प्रति समवेदना व्यक्त गर्दे “उहाँ हामी समक्ष भौतिक शरीर नभएपनि उहाँले साहित्य क्षेत्र र सञ्चारकर्मीको हिसाबले नेपाली सामाजमा धैरे विद्यामा लेख रचना कृति छोडेर जानुभएको छ । हिन्दु र बौद्धधर्म मान्ने पवित्र ठाउँ कैलाश मानसरोवर द्धार (बाटो) भएकोले पनि उहाँ भौतिक शरीर नआएपनि धार्मिक हिसाबले तेस्रो स्मृति दिवस समितिले दुर्गम हुम्लालाई रोजाई भएकोले स्वगीर्य यज्ञनिधि दाहालको आत्म कैशाल मानसरोवरमा वासहोस” भनाई राख्नु भयो ।
खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्यमा लागेका उनी २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बने । २०५७ फागुन १० मा मिर्गाैला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा मृत्यु भएको थियो । पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर, लोक जनजीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै ‘जदौँ स्रोता, जदौ, खुल्यो साहित्य संसारको दैलो’ भन्ने यज्ञनिधिलाई गाउँ गाउँका बूढापाकाले समेत सम्झन्थे । पछिल्लो दशकका उहाँलाई अभिनन्दन गर्न गठित आयोजक समितिको ग्रन्थ, साहित्यकार रमेश शुभेच्छुको सम्पादनमा प्रकाशित ‘जदौ’ कृति भयो भने पछि ‘जदौँ’ साझा प्रकाशनले उनको निबन्ध प्रकाशन गरेको छ ।

बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्राेपना अनि गणतान्त्रिक विचारले परिस्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई गणतन्त्र काव्यटार घोषणा गरेको विशेष स्मरणीय मानिन्छ ।
नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार हुँदै लोकतान्त्रिक साहित्यकार सङ्घ र पछि लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चलाई अस्तित्वमा ल्याई सक्रिय गराउन उहाँले जनताको सत्ता र लोकजीवनको सधैँ वकालत गरे थिए ।
कार्यक्रममा सिमकोट गाउँपालिका उपाध्यक्ष बलि रावते, नेपाल पत्रकार महाँसंघ शाँखका हुम्लामा उपाध्यक्ष राज बहादुर शाही, भुतपुर्व पत्रका महासंघ शाँखा अध्यक्ष अर्जुन बोहरा, स्वर्गीय दाहाल यज्ञनिधि स्मृति समारोह समितिका नरजङ तामाङ, धर्मन्द लामा, कैशाल माविका प्राधानाध्यपक मेज बुढा, लगायतले विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिएका थिए । सो अवसरमा एक दर्जन कापी, कलम, कटर, इरेजरलगायत शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस