पत्रकार द्धारा आर्थिक सहयोग फुटवल एकेडिमीलाई

फिल्को मिसन

२०७८श्रावण,२५ सोमबार
सिमकोट । हुम्लाका पत्रकाहरुले खेलजगत लाई पुर्वअभ्यास गरेको भन्दै फुटवल एकडिमीलाई हुम्ला लाई आर्थिक सहयोग गरेको छ।
गत साउन २३ गते दिनमा जिल्लाका पत्रकार र फुटवल एकडिमी विच आयोजना गरिएको मैत्री पुर्ण फुटवलबाट प्राप्त १० हजार रकम जिल्लाको फुटवल खेल विकासको लागि भन्दै सोमबार हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ जिल्ला सचिव नन्द सिंहले बताए ।

मैत्री पुर्ण फुटवलबाट प्राप्त भएको रकम भोज,पार्टीमा खर्च गर्नु भन्दा त्यसलाई खेल क्षेत्रको विकासका लागी प्रयोग गर्नका लागी फुटवल एकेडिमिलाई हस्तान्तरण गरेको पत्रकार महासंघ हुम्लाका कार्यवहाक अध्यक्ष राज शाहीले बताउनु भयो ।
खेलाडी र पत्रकारको राम्रो सम्बन्ध रहेकोले अझै पनि विभिभन्नखेलमा पत्रकारको महत्पूर्ण साथसहयो पाउने भरोसा भएको हुम्ला फुटवल एकेडिमिका अध्यक्ष विष्णुबहादुर रावतले बताए । केहि समय अगाडि देखि जिल्लामा बालवालिका देखि किशोरकिशोरीहरु लाई जिल्लामै फुटवल प्रशिक्षण कलाश भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस