अदानचुलीमा एमालेको कार्यालय स्थापना गर्दे सबै वडामा

फिल्को मिसन

२०७८ श्रावण, २६ गते मंगबार
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा सबै वडामा नेकपा एमालेको वडा कार्यालय स्थापना गरिने भएको छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गरेर पुरानै पार्टी व्यूँताएपछि छवटा वटै वडामा पार्टी कार्यालय उद्घाटन गरेको एमालेले अब सबै वडामा कार्यालय राख्ने भएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षविच केन्द्रमा पार्टी आन्तरिक विवादमा अल्झीएको वेला हुम्लामा आफना वडा स्तरका पार्टी कार्यालय स्थापना गरेका छन । अदानचुली गाउँपालिकाका सबै वडामा संस्थापन ओली पक्षरले कार्यालय स्थापना गरेरका छन । फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्दै एमाले नेता तथा अदनचुली गाउँपालिका अध्यक्ष दल फडेराले जिल्ला कमिटीमा रुपान्तरण हुने र पार्टी मातहतका सवै नेता कार्यकर्ताहरुलाई पार्टी र जनताको काममा लाग्न निर्देशन गर्ने निर्णय पनि आएकोले त्यसै अनुरुप लाग्नु पर्ने बताए ।
स्थानीय तहको आसन्न निर्वाचनलाई केन्द्रित गरेर माओवादी, कंग्रेसले गाउँमा राजनीतिक गतिविधि सञ्चालन गरेकै बेला एमाले अदानचुली गाउँपालिका कमिटिको आयोजना पार्टी कार्यालय स्थापना गरेको गाउँकमिटि अध्यक्ष बुध भण्डारीले बताए । उनका अनुसार वडा नम्बर १ को कल्खे थापागाउँ, २ को भण्डारी गाउँ, वडा नम्बर ३ को फडेरागाउँ, ४ को लौठी, ५ को माथिल्लो गरगई र वडा नम्बर ६ को पाल्समा पार्टीका वडा कार्यालय स्थापना गरिएको जानकारी दिए । वडा कार्यालय स्थापना सँगै पार्टीको घरदैलो अभियानका क्रममा एमालेका ओली पक्षधरका अगुवा कार्यकर्ताहरुको टोली विभिन्न वस्ती र गाउँमा गएको जनाकारी प्राप्त भएको छभने नेपाल पक्षधरका नेताकार्यक्राता केन्दि«य नेताहरुको हेरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस