राष्ट्रिय फुटबल प्रशिक्षण आजदेखि सुरु हुँदै

फिल्को मिसन

२०७८ श्रावण,२७ बुधबार
काठमाण्डौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । प्रशिक्षण पोखरा रंगशालामा सुरु हुनेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ च्याम्पियनशिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरण छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको हो । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ । नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ ।
फुटबल रङ्गशालामा दुवो कटान, मैदान मार्किङलगायतका काम सम्पन्न गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउनुहुनेछ । राजधानी बाहिर पर्यटकीय शहर पोखरामा सञ्चालन हुने प्रशिक्षणले खेलाडीलाई शारीरिक र मानसिकरुपमा तयार बन्न र उच्चस्तरको खेल प्रतिभा देखाउन सक्षम बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस