राष्ट्रिय सभाको बैठक बस्दै

फिल्को मिसन

२०७८ श्रावण,२७ बुधबार
राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले प्रत्यायन विधेयक र रेल्वे विधेयक पारित गर्ने कार्यसूची छ । त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको रेल्वे विधेयक र प्रत्यायन विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत हुनेछ ।यसैगरी सार्वजनिक सेवा प्रसारण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस