विश्वभर कोरोना सङ्क्रमणका कारण ४३ लाख बढिको मृत्यु

फिल्को मिसन

२०७८ श्रावण,२7 बिहीबार
ऐजन्सी । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४३ लाख ३० हजार ७ सय ८२ पुगेको छ । हाल सम्म २० करोड ४९ लाख ६३ हजार ७ सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८ करोड ४० लाख ७४ हजार ७ सय ८० निको भएका छन् । हाल सम्म अमेरिकामा ३ करोड ६८ लाख ९२ हजार २ सय १५ जनामा सङ्क्रमण पुष्टि हुँदा ६ लाख ३४ हजार ६ सय ६२ को मृत्यु भएको छ भने भारतमा ३ करोड २० लाख ३६ हजार ५ सय ११ मा कोरोना पुष्टि हुँदा ४ लाख २९ हजार १ सय ८३ को मृत्यु भएको छ । यसैगरि ब्राजिलमा २ करोड २ लाख १३ हजार ३ सय ८८ मा सङ्क्रमण पुष्टि हुँदा ५ लाख ६४ हजार ८ सय ९० को मृत्यु भएको छ भने रसियामा ६५ लाख १२ हजार ८ सय ५९ मा सङ्क्रमण पुष्टि हुँदा १ लाख ६७ हजार २ सय ४१ को मृत्यु भएको छ भने फ्रान्समा ६३ लाख ३९ हजार ५ सय ९ मा सङ्क्रमण पुष्टि हुँदा १ लाख १२ हजार ३ सय ५६ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस